काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाले देशभरि विजय जुलुस गर्ने, शान्तिवाटिकामा १२ बजे

17.64K
shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रतिनिधि सभा पुनःस्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ । केपी ओलीले संसद विघटन गरेपछि प्रचण्ड-नेपाल नेतृत्वमा गठित नेकपाको केन्द्रीय संघर्ष समितिले देशभर विजय जुलुस गर्ने भएको हो ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार चितवनबाटै देशभर विजय जुलुस गर्न आह्वान गरेका थिए । नेकपाका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्लामा बिहान ८ बजे जुलुस निकालिँदै छ ।

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेपछि चितवनको आमसभा भने स्थगित भएको छ । नेकपाले आजका लागि चितवनमा विरोध सभा आयोजना गरेको थियो ।