काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीमार्जुन आचार्यले भने‑ संविधानको पवित्रता जोगियो

12.31K
shares

संविधानविद् भीमार्जनु आचार्यले सर्वोच्च अदालतको फैसलाले संविधानको पवित्रता जोगिएको टिप्पणी गरेका छन् । सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक निर्णय मंगलबार बदर गरेपछि आचार्यको यस्तो टिप्पणी आएको हो ।

उनले ट्विट गरेका छन्, 'फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ । संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारिता पराजित भएको छ । विश्वमञ्चमा सिंगो देश, कानुनी व्यवस्था, न्यायालय र जनताको शाख उँचो भएको छ । अरू कार्यभार पुनःस्थापित संसद र दलहरुले पूरा गर्नुपर्ने अपेक्षा गरिएको छ ।'