अपी पावर पुनः हकप्रद निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा
वि.सं.२०७७ फागुन १२ बुधवार ०२:१९
shares

अपी पावर कम्पनीले पुनः हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति माग्दै आइतबार बोर्डमा आवेदन दिएको हो ।
हाल चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ छ । बोर्डबाट अनुमति पाएसँगै अपीले चुक्ता पुँजीको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाखबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रद सेयर निष्कासनपछि अपीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । अपीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिएको छ ।

























