अर्को नौटंकी नगर्न प्रचण्डद्वारा ओलीलाई चेतावनी
वि.सं.२०७७ फागुन १२ बुधवार ०२:१३
shares

नेपाल कम्युनिस्ट पर्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को नौटंकी नगर्न चेतावनी दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनःस्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्डले ओलीलाई चेतावनी दिएका हुन् ।
अर्का अध्यक्ष माधवकुमार नेपाल पनि चितवनमै छन् । निर्णयसँगै अध्यक्षद्वय प्रचण्ड र माधवले एक‑अर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

























