Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

सूचनाको हक भन्दै सेयर लगानीकर्ताका गोप्य विवरण माग्दै

न्युज कारोबार काठमाडौं फागुन १०, २०७७       

सूचनाको हक भन्दै सेयर लगानीकर्ताका गोप्य विवरण माग्दै

सेयर लगानीकर्ताको व्यक्तिगत विवरण दिन सीडीएस एन्ड क्लियरिङ लिमिटेड र मर्चेन्ट बैँकरलाई निजी अनलाइन समाचार पोर्टलहरूले दबाब दिने गरेको पाइएको छ । सूचनाको हकको हवाला दिँदै अनलाइनहरूले लगानीकर्ताका व्यक्तिगत विवरण दिन दबाब दिने गरेका हुन् ।

तर, लगानीकर्ताका व्यक्तिगत विवरण सूचनाको हक नभएर गोपनीयताको हकविरुद्ध हुने भएकाले दिन नमिल्ने तर्क गर्न सीडीएससी र मर्चेन्ट बैँकर दुवैले सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले त 'व्यक्तिगत विवरण दिनु' भनेरै मर्चेन्ट बैँकरहरूला सर्कुलर नै गरेको छ ।

कतिपयला मिडियाले फूविरुद्ध समाचार लेखिदिनसक्ने त्रासले पनि गाँजेको पाइएको छ । तर, कानुनले नै वर्जित गरेको विषयमा मिडियासँग ट्याकल गर्ने हैसियत न धितोपत्र बोर्ड, न सीडीएससी न त मर्चेन्ट बैँकरले नै राखेका छन् । परिणामतः लगानीकर्ताका गोप्य राख्नुपर्ने व्यक्तिगत विवरण पेनड्राइभमा हालेर निजी अनलाइनला बाँड्ने गरिएको छ ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ ले सेयर लगानीकर्ताका खाता नम्बर वितरण गर्न वर्जित गरेको छ । विनियमावलीको बुँदा ४७ मा भनिएको छ, ‘सीडीएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।'

अहिले सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद चार्य छन् । कृषि विकास बैँकमा करिब तीन दशक बिताएका उनी उपमहाप्रबन्धक पदबाट अवकाश पाएका व्यक्ति हुन् ।

बैँकमा उच्च व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका र गोपनीयताको उच्च अभ्यास गरेका आचार्य सीडीएससीमा आएपछि व्यक्तिगत विवरण बाँड्न रोक लाग्ने अपेक्षा धेरैको थियो । तर, त्यस्तो नभएपछि सेयर बजार विश्लेषक एवं लगानीकर्ताले सामाजिक सञ्जालमै चर्को असन्तुष्टि जनाउन थालेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना विगतमा लगानीकर्ताका विस्तृत विवरण दिने गरिएकोमा फू एपछि नम्बरमात्रै दिन सर्कुलर गरिएको बताउँछन् । तर, नम्बरमात्रै पनि लगानीकर्ताको गोप्य विवरण भएकाले कानुनतः विवरण गर्न बन्देज लगाइएकोतर्फ उनको ध्यान गएको छैन ।

अध्यक्ष ढुंगानाले धितोपत्र बोर्डमा आउनासाथै लगानीकर्ताका विवरण बाँड्ने कार्य गलत भएकाले रोक्ने बताएका थिए । त्यस्तै सीडीएससीका सीईओले पनि लगानीकर्ताका गोप्य विवरण बाँड्नु गलत भएकाले बोर्डसँग कुरा गरेर तत्काल रोक्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, महिनौँ बित्दा पनि लगानीकर्ताका विवरण बाँड्न छाडिएको छैन ।

मर्चेन्ट बैँकरहरू अनलाइनहरूले सूचनाको हक भन्दै लगानीकर्ताका गोप्य सूचना दिन दबाब दिने गरेको बताउँछन् । एनआईबीएल एस क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा बोर्डको सर्कुलरपछि विगतमा भन्दा थोरैमात्र विवरण दिने गरिएको बताउँछन् । कम्पनीका एक कर्मचारीले नाम नलेख्ने सर्तमा भने, 'सूचनाको हक भन्दै थर्काउँछन्, कसरी नदिने ?'

अनलाइनलाई लगानीकर्ताका विवरण बाँड्न थालेपछि मर्चेन्ट बैँकरहरूले फ्नो वेबसाइटमा आईपीको रिजल्ट हेर्न मिल्ने क्याटेगोरीसमेत हटाएका छन् । एनआईबीएल एस क्यापिटलमा अहिले सो क्याटेगोरी नै छैन । सिद्धार्थ क्यापिटलले पनि हटाएको छ ।

अहिले सीडीएससीको वेबसाइट र एपबाट सजिलै आईपीओको रिजल्ट हेर्न सकिन्छ । सम्बन्धित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट पनि अनिवार्य आईपीओको रिजल्ट हेर्न मिल्ने व्यवस्था मिलाउने र कानुनतः निजी अनलाइनलाई दिन नमिल्ने गरी धितोपत्र बोर्डले तत्काल निर्देशन दिनुपर्ने लगानीकर्ता बताउँछन् ।

यो पनि पढ्नुहोस्

सीडीएसका हाकिमलाई प्रश्न‑ कृषि विकास बैँकका खाता नम्बर पनि बाँड्नुहुन्थ्यो ?

सम्बन्धित खबरहरु