global ime bank Long Banner Ad

गृहपृष्ठ मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ सैनिकको मृत्यु

मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ सैनिकको मृत्यु

मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ सैनिकको मृत्यु

मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको उल्लेख छ । सेनाले विमान दुर्घटनाका सम्बन्धमा छानबिन सुरु गरिसकेको जनाएको छ ।

 

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु