गृहपृष्ठ प्रचण्ड-नेपाल पक्षले टुंगो लगायो ६४ जिल्ला र ४ महानगरको नेतृत्व (सूचीसहित)
प्रचण्ड-नेपाल पक्षले टुंगो लगायो ६४ जिल्ला र ४ महानगरको नेतृत्व (सूचीसहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले ६४ जिल्ला तथा वीरगञ्ज, भरतपुर, ललितपुर र काठमाडौं महानगरको नेतृत्व टुंगो लगाएको छ । माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदहरुमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको थियो । सोहीअनुरूप रिक्त पदहरूमा पदपूर्ति गरिएको हो । जिल्लाको इन्चार्ज र सह-इन्चार्ज भने छान्न बाँकी रहेको छ । तत्कालीन नेकपामा ७७ जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्लासरहका कमिटी रहेका थिए ।
बाँकी ९ वटा जिल्लामा पनि प्रदेशका पदाधिकारीहरुले आवश्यक परामर्श गरी यथाशिघ्र सिफारिस गर्न भनिएको दाहाल-नेपाल पक्षले जनाएको छ । सो पक्षको अध्यक्षद्वय प्रचण्ड र नेपालबीच संगठनात्मक संरचनामा आधा-आधा गर्ने सहमति भइसकेको छ । यसका लागि ९ बुँदे मापदण्ड तयार गरिएको छ ।
(1).jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित समय : १९:२० बजे



















