प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
वि.सं.२०७७ फागुन ७ शुक्रवार २१:३९
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा
शुक्रबार झालाई नियुक्त भण्डारीले गरेकी हुन् ।
प्रदेश २ को प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।


























