मंगल ग्रहमा नासाको अन्तरिक्ष यान सफल अवतरण
वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:१६
shares

करिब आधा अर्ब किलोमिटर यात्रा पार गर्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि पठाइएको अन्तरिक्ष यान शुक्रबार बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो ।
‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको यानले मंगल ग्रहमा अवतरण गर्नासाथ एउटा तस्बिर ट्विट गरेको छ । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिक खुसीले उफ्रिएको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
यो सन् १९७० पछिको नासाको महत्वाकांक्षी मिसन हो । यसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने वैज्ञानिकहरूले बताएका छन् । यानले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने जनाइएको छ ।

























