बाल सारथीलाई महालक्ष्मी विकास बैंकको ५ लाख सहयोग
वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:०८
shares

महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका ८ जयबागेश्वरीमा रहेको बाल सारथीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ तथा विपन्नका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको संस्थालाई विद्यालय भवन निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
बाल सारथीको कार्यालयमा बिहीबार सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी छन् । खकुरेलले बालबालिकालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेकी थिइन् । देशभरका १०३ वटा शाखामार्फत बैँकले सेवा प्रदान गर्दै आएको छ ।

























