काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रजातन्त्र भनेको दल विशेषको नेताहरूको शासन प्रणाली मात्र होइन : पूर्वराजा शाह

18.71K
shares

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवनपद्धतिसमेत भएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले अब सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।

‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवनपद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्र अटुट रहन्छ । यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौँ ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ,’ पूर्वराजा शाहले भनेका छन् ।

निषेध र विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गएको शाहले औंल्याएका छन् । उनले भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेका छन् ।’ नेपालमा प्रजातान्त्रिक विधि अघि बढोस् भन्ने सबैको चाहना भए पनि प्रजातन्त्र स्थापनाको ७० वर्षपछि पनि प्रजातन्त्रकै विवाद र द्वन्द्व भइरहेको पूर्वराजा शाहको टिप्पणी छ ।