गृहपृष्ठ माघ २४ राष्ट्रिय सभाको निर्वाचन
माघ २४ राष्ट्रिय सभाको निर्वाचन

पुस, २२ – सरकारले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले माघ २४ मा निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । दुवै आयोगको म्याद थप्न कानुन संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले बताउनु भयो । यी दुवै आयोगको अवधि आगामी माघ २६ गते सकिदैछ । अब बन्ने संसदले यी दुई आयोगको कार्यवधि विस्तारमा काम गर्न नभ्याउने हुनाले अध्यादेश सिफारिस गर्नुपरेको मन्त्री थापाले बताए । प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भनिएपनि मन्त्रिपरिषदले तोकेको छैन । श्रममन्त्री फरमुल्लाह मन्सुरले भने, ’अर्को क्याविनेट बैठकमा यसबारे निर्णय लिने उनले बताए।’
प्रकाशित समय : ०५:४१ बजे