global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जुनसुकै बैंकमा पैसा जम्मा गर्न पाउने

जुनसुकै बैंकमा पैसा जम्मा गर्न पाउने

जुनसुकै बैंकमा पैसा जम्मा गर्न पाउने

पुस, २२ नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने व्यवस्था गर्न लागेको छ । आफुलाई सजिलो पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुन्का साथै सम्बन्धित बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ ।
जस्तो एनसिसि बैंकमा खाता हुनेले सानिमा बैंकबाट जम्मा गर्न सक्ने छ । खाता नम्बर एनसिसिको राख्नुपर्ने छ । शुल्क तिरेर जुनसुकै बैंकको एटीएमबाट भुक्तानी लिन सक्ने व्यवस्था रकम जम्मा गर्न बैंकमा पुगिरहनु परेन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य गर्न लागेको यस्तो व्यवस्था गर्नका लागि आन्तरिक तयारी भएको यो व्यवस्था छिट्टै लागु हुने सिवाकोटीको भनाई छ । राती १२ बजे पनि भुक्तानी गर्न सकिने व्यवस्थामा राष्ट्र बैंक लागेको विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी रुपमा लागु गर्न विद्युतीय भुक्तानी व्यवस्थाको ऐनको मस्र्यौदा तयार पारी सञ्चालक समितिमा पेश भएको उनले जानकारी दिए । राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि अर्थ मन्त्रालयमा पेश हुने र अर्थबाट स्वीकृति भएपछि कानूनी रुप दिन व्यवस्थापिका संसदमा पेश हुने सिवाकोटीले जानकारी दिए ।

शुक्रबार राजधानीमा आयोजना गरेको वित्तीय प्रविधि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मानविय व्यस्तता बढ्दै गएको बिजुली, खानेपानी, टेलिफोन, खाद्यनलगायत बस्तु खरिदको भुक्तानी सम्बन्धित ठाउँमा नगएर अब घर र कार्यलयबाट हुने व्यवस्था मिलाउनल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी बताउनु भयो ।
१० लाख रुपैयाँ नगद कारोबार सीमालाई घटाउने तयारी । बैंकिङ कारोबारलाई क्यासलेस बनाउने र भुक्तानी हुन लामो समय लाग्ने अब प्रविधिको प्रयोगले तत्काल भुक्तानी हुने व्यवस्था मिलाउने बताए । राष्ट्र बैंकले हालसम्म १३ वटा संस्थालाई भुक्तानी फच्छयौटको जिम्मा दिएको छ ।

प्रकाशित समय : ०५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु