global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गुजरात र हिमाञ्चलमा बीजेपीकै अग्रता

गुजरात र हिमाञ्चलमा बीजेपीकै अग्रता

गुजरात र हिमाञ्चलमा बीजेपीकै अग्रता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी)ले १०० भन्दा धेरै स्थानमा अग्रता प्राप्त गरेको छ भने भारतीय राष्ट्रिय कांग्रेसले ७० स्थानमा अग्रता लिएको छ। यस्तै पहाडी राज्य हिमाञ्चल प्रदेशमा पनि बीजेपीले नै अग्रता पाएको छ। हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ ।

बीजेपीले २०१२ मा भएको निर्वाचनमा ११२ सिट जितेको थियो भने कांग्रेसले ६१ स्थानमा जित हासिल गरेको थियो। प्रधानमन्त्री मोदीको गृहराज्यमा कांग्रेस ठूलै टक्कर दिने पूर्वानुमान भएपनि पछिल्लो मतगणनाका नतिजाका अनुसार कांग्रेसले केही स्थानको सुधार गरे पनि बीजेपीभन्दा धेरै पछि रहने देखिएको छ। यस्तै हिमाञ्चल प्रदेशमा पनि बीजेपी कै सरकार भन्ने तय देखिएको छ।

संसदीय निर्वाचनमा देशभरनै नराम्रो हार बेहोरेको कांग्रेसले मोदीको प्रदेशमा गरेको सुधारलाई महत्वाका साथ हेरिएको छ ।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु