गृहपृष्ठ राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार

राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार

राष्ट्रसंघद्वारा जेरुसलेमलाई मान्यता दिने निर्णय अस्वीकार

पुस ७, २०७४ अमेरिकाले जेरुसेलमलाई राजधानीको मान्यता दिने निर्णय फिर्ता गर्नुपर्ने प्रस्तावको पक्षमा १ सय २८ मुलुकले मतदान गरेका थिए भने ९ वटा मुलुकले विपक्षमा मतदान गरेका थिए । अमेरिकाका छिमेकी मुलुक क्यानडा र मेक्सिको सहित ३५ राष्ट्र तटस्थ रहे ।

चीन, रुस, फ्रान्स, बेलायत, जर्मनी लगायत मुलुकले अमेरिकी निर्णय अस्वीकार गर्ने पक्षमा पक्षमा मतदान गरेका थिए । राष्ट्रसंघको पछिल्लो निर्णयलाई प्यालेस्टाइनले आफ्नो जीतको रुपमा व्याख्या गरेको छ भने इजरेललेअस्वीकार गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने राष्ट्रविरुद्ध आर्थिक सहायता राक्ने चेतावनी दिएका दिनुभएको थियो ।

इजरेलले मध्यपूर्वमा भएको युद्धका क्रममा सन् १९६७ मा जेरुसेलमको पूर्वी भागलाई आफ्नो नियन्त्रणमा थियो । हाल आएर इजरेलले समग्र जेरुसेलमलाई आफ्नो राजधानीको रुपमा लिदै आएको छ । यसलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन । जेरुसेलममाथि दाबी गर्दै आएको प्यालेस्टाईनले भने समग्र जेरुसेलमको बारेमा अन्तिम फैसला गर्नुअघि घनिभूत छलफल गरिनुपर्ने बताउँदै आएको छ ।

प्रकाशित समय : ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु