global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले स्थायी समितिका छलफल कार्यक्रम

एमाले स्थायी समितिका छलफल कार्यक्रम

एमाले स्थायी समितिका छलफल कार्यक्रम

पुस ७, २०७४ प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक ललितपुरको भैसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा अपरान्ह बस्ने भएको छ । पार्टी एकीकरण तथा आगामी सरकार गठन लगायत बिषयमा छलफल गर्न एमाले स्थायी समिति निर्वाचनपछि पहिलो पटक बैठक बस्ने लागेको हो । बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकताको स्वरुपबारे छलफल हुनेछ ।

आगामी सरकार गठन अघि देखिएको जटिलता, राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमाथिको विवाद लगायत बिषयमा समेत छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । चुनावपछि पहिलो पटक बस्न लागेको बैठकले समग्र चुनावको समिक्षा पनि गर्नेछ । यसअघि माओवादी केन्द्रले दुई दिनअघि पार्टी हेडक्वार्टरको बैठकबाट छिटो एकताअघि बढाउने निर्णय गरेको थियो ।

माओवादीले पार्टी एकताको खाका बनाउने जिम्मा नेतृत्वलाई दिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने तयारी गरिरहदा नेतृत्वको खाका भने तयार भएको छैन । पार्टी एकीकरणको विशेष अवस्थामा दुई दलका प्रमुख नेताले संयुक्त नेतृत्व गर्ने गरी पार्टी एकता गर्ने विकल्पमा समेत चर्चा भइरहेको छ

 

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु