काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु

16.42K
shares

चितवन, ७ पुस रासस  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ ।

बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने गर्छ ।

अस्पतालको प्याथोलोजी विभागकी प्रमुख डा सदिना श्रेष्ठका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामी शल्यक्रिया टेबलमा राखेर नै तत्काल मासुको परीक्षण गरी के कति भाग काट्नु पर्ने हो जानकारी दिन यो परीक्षण गर्ने गरिन्छ ।

शल्यक्रिया कक्षबाट परीक्षणका लागि पठाइएको मासुलाई माइनस २० डिग्रीमा चिसो बनाएर कडा पारिन्छ । श्रेष्ठले भन्नुभयो, “त्यस्तो मासुलाई परीक्षण गरी क्यान्सर भए÷नभएको हेरिन्छ । जसले गर्दा मासुको कति भाग काटेर फाल्ने भन्ने जानकारी लिन शल्यक्रिया गर्दै गरेको चिकित्सकलाई सहज हुन्छ ।” ३० देखि ४५ मिनेटभित्र नमूना परीक्षणको नतिजा शल्यक्रिया गरिरहेको चिकित्सकलाई दिइने उनले बताए।

शल्यक्रिया गर्दै गरेको बिरामीमा क्यान्सर नपाइएमा जे समस्या हो त्यसको मात्र शल्यक्रिया गरिन्छ भने क्यान्सर देखिएमा क्यान्सरले छोएको सबै र केही परसम्मको मासुको भाग काटेर फालिन्छ । अस्पतालको स्थापनासँगै केही वर्ष यो परीक्षण गरिएको भए पनि पछि उपकरण बिग्रिएपछि १० वर्षदेखि यो परीक्षण रोकिएको थियो ।