global ime bank Long Banner Ad

गृहपृष्ठ जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता

जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता

जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै जनताका कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमईको जीवन बीमा सम्बन्धी जानकारी सर्वसाधारणले पाउने छन् । त्यस्तै ति योजनामा संलग्न हुन सक्नेछन्। आइएमईले हाल ४२ शाखामार्फत सेवाप्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

प्रकाशित समय : १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु