काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शाखा विस्तार गर्दै प्रभु लाइफ, एकसाथ चार नयाँ शाखा

13.42K
shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपुर शाखाको उदघाटन गरेका छन् ।
यस्तै कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका छन् ।
यसअघि नै प्रभु लाइफइन्स्योरेन्सले ताहाचल, वीरगंज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुरमा शाखा विस्तार गरिसकेको छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै सर्वसाधारणका लागि शेयर निष्काशनको तयारी गरेको छ ।