global ime bank Long Banner Ad

गृहपृष्ठ कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द

कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द

कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहद्वारा कैलाली बन्द


कैलाली । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले शनिबार कैलाली जिल्ला बन्द गरेको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द छन् ।
गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् । गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानेका थिए । चौधरीको काठमाडौंमा उपचार भइरहेको छ । मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् ।
प्रहरीले घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलाई पक्राउ गरेको हो । यद्यपि विप्लव समूहका कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति निकालेर चौधरीमाथि भएको आक्रमणमा नेकपाको संलग्नता नभएको दावी गरेका छन् ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु