global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रभु बैंकको हकप्रद भर्ने समयसीमा भोली सकिँदै

प्रभु बैंकको हकप्रद भर्ने समयसीमा भोली सकिँदै

प्रभु बैंकको हकप्रद भर्ने समयसीमा भोली सकिँदै

काठमाडौं । प्रभु बैंक लिमिटेडले निष्कासन गरेको हकप्रद भर्ने समयसीमा भोली आइतबार समाप्त हुँदैछ । माघ ७ गतेदेखि १० बराबर ४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद निष्कासन गरेको बैंकको फागुन १३ गते कार्यालय समयभित्र आवेदन दिइसक्नु पर्नेछ ।
बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता शेयर बिक्री खुला गरेको हो । बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमल पोखरी, प्रभु बैंकको प्रधान कार्यालय साथै बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी १४ प्रतिशतले वृद्धि गरी २१ दशमलव ५९ रुपैयाँ पुर्याएको छ । बैंकले खुद मुनाफा ६३ करोड ४९ लाख रुपैयाँ कमाएको छ । तर अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ प्रतिशतले कमि हुन आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंकले चुक्तापूँजी ११ दशमलव ०९ प्रतिशतले वृद्धि गरी हाल ६ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । जसले ५० प्रतिशत हकप्रद शेयर पनि वितरण गरेर ८ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।
बैंकले जगेडाकोषमा १२० दशमलव ०१ प्रतिशतले वृद्धि गरी ३ अर्ब १० करोड ७१ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेप तथा कर्जा लगानी पनि बढाएको छ । बैंकको खुद व्याज आम्दानी तथा संचालन मुनाफा घटेको हुदा खुद मुनाफा पनि घटेको हो । बैंकले ५१ करोड २४ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
बैंकले निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशतले घटेर ४ दशमलव १२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति ११ दशमलव २४ प्रतिशत रहेको छ । जसको तरलता अनुपात २२ दशमलव ५३ प्रतिशत, मुल्य आम्दानीको अनुपात ११ दशमलव ५८ गुणा र प्रतिशेयर नेटवर्थ १६३ दशमलव ९२ रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु