काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मकालु एयरको विमान हुम्लाको बाहुनखर्कमा दुर्घटनाग्रस्त, चालक दलका दुवै सदस्यको मृत्यु

13.5K
shares

बाँके । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’
विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन ए यू जे सम्पर्कविहीन जहाज बाजुरा जिल्लाको नदी किनारमा फेला परेको सुर्खेत विमानस्थलले दिएको जानकारी अनुसार त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षत्रीले बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको भन्ने सूचना गलत रहेको बताए ।
आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज ५५ मिनेटमा सिमकोटमा ल्याण्ड गर्नुपर्ने थियो । जहाज के कारणले सम्पर्कविहीन भएको भन्ने खुलेको छैन । नाइन एन ए जे यु कलसाइन रहेको विमान १ हजार १७० किलो सामान बोकेर हुम्लाको सिमिकोटका लागि उडेको थियो । सम्पर्कबिहीन मकालु एयरको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुनखर्कमा फेला परेको छ ।
उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ । प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीका अनुसार बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । घटनास्थलमा पुगेको प्रहरी टोली एक जनाको शव फेला परेको जानकारी दिएको छ । स्थानीय पत्रकार राजन रावतका अनुसार शवको पहिचान भइसकेको छैन । उनले भने, ‘जहाजमा रहेका चालकदलका सदस्यमध्ये कसको शव हो भन्ने पहिचान भएको छैन । बाँकी एकजनाको खोजी भइरहेको छ ।’