काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उद्यमी व्यवसायीका समस्या सम्बोधन गर्न अर्थमन्त्रीसँग महासंघको आग्रह

18.44K
shares

नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी व्यवसायीका समस्या सम्बोधन गर्न अर्थमन्त्रीसँग आग्रह गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेरसरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको हो ।

उद्यमी व्यवसायीहरुले बुझाउनुपर्ने कर विवरणको म्याद र बैँकको साँवा ब्याज भुक्तानी गर्ने समय बढाउन महासंघले आग्रह गरेको छ । भेटमा महासंघका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहे पनि गत वर्षको अन्तिम साढे तीन महिना लकडाउन र चालू वर्षमा पनि झन्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरीक्षण समयमै गर्न नसकेको भन्दै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन अनुरोध गरेका छन् ।

त्यसैगरी बैँकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरी साना र मझौला उद्योग बढी प्रभावित भएको र कुनै पनि साना मझौला उद्यम पूर्णरुपमा सञ्चालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले तीन महिना पर सारिदिन पनि महासंघका प्रतिनिधिले अर्थमन्त्रीसमझ आग्रह गरेका छन् ।

कानुनी व्यवस्था प्रस्ट हुँदाहुँदै पनि बैंकहरुले कालोसूचीमा राख्नेलगायतका धम्की दिइरहेको उनीहरुले जानकारी गराए । म्याद थपिएन भने ५० प्रतिशतभन्दा धेरै साना मझौला उद्यम बन्दै हुने अवस्थामा पुग्ने उनीरुको तर्क छ ।

वैशाख यतामात्रै २८ सयलाई कालोसूचीमा राखिएको विभिन्न माध्यमबाट जानकारी आएकोतर्फ अर्थमन्त्री पौडेलको महासंघले ध्यानाकर्षण गराएको छ । साना मझौला उद्यमीलाई यसबाहेक पनि छुट्टै रिकभरी कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्धनलगायतको प्याकेज आवश्यक पर्ने उनीहरुको माग छ । साथै बजेटको मध्यावधि समीक्षामा साना तथा मझौला उद्यमीहरुका लागि विशेष राहत प्याकेज राखिदिन पनि महासंघले आग्रह गरेको छ ।

अर्थमन्त्री पौडेलले महासंघका तर्फबाट राखिएका सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझाव कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिलाएका छन् । भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति सन्दीप अग्रवाल, अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछानेको सहभागिता थियो ।