काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गण्डकी प्रदेशको राजनीतिक अवस्था मेलमिलापपूर्ण नै छ : मुख्यन्त्री गुरुङ

10.61K
shares

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को मागबमोजिम गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारबाट सुचारु भएको छ । विशेष अधिवेशनको कार्यसूची प्रतिपक्ष संकल्प प्रस्ताव ल्याउनुपर्ने र सत्तापक्ष सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनुपर्ने पक्षमा हुँदा सोमबारको बैठक कार्यसूची तय भएको थिएन । उक्त कार्यसूची मंगलबार नै तय भएको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै  बर्खे अधिवेशन सम्पन्न भएको सभागृह हलमा पुनः विशेष अधिवेशन गरिएको छ ।

कोभिड–१९ नियन्त्रण, व्यवस्थापन, उपचार र कोभिडले सिर्जना गरेको बेरोजगारीमा सरकार गम्भीर नरहेको प्रतिपक्षीको आरोप छ । विशेष अधिवेशनबाट कोभिड‑१९ लाई संकल्प प्रस्तावको रुपमा लगेर साझा भावनासहित अघि बढ्ने योजना रहेको जनता समाजवादी पार्टीका सांसद हरिशरण आर्चालले बताए ।

‘महँगी, योजना कार्यान्वयन र सभाहलको तीनवटै विषय सार्वजानिक महत्वका प्रस्तावको रुपमा लिएर जाने कुरा संयुक्त रुपमा पेस गरेका छौं,’ उनले भने । सार्वजानिक महत्वको प्रस्ताव छुट्टै बनाएर पेस गर्ने र संकल्प प्रस्ताव साझा बनाएर पेश गर्ने उनको भनाइ छ ।

बैठकमा प्रचण्ड‑नेपाल समूहका सांसद दीपक कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदमका कारण सरकारका लागि नयाँ गठबन्धनको खोजी हुने बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले असंवैधानिक कदमको पक्षपोषण गर्नु गलत भएको उनको टिप्पणी छ ।

सत्तापक्ष सार्वजनिक महत्वको विषयमा छलफल गरेर जतिसक्दो छिटो विशेष अधिवेशन सक्नुपर्ने पक्षमा छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने गण्डकी प्रदेश अझै पनि राजनीतिक मेलमिलाप र सहमतिको रुपमा अघि बढेको बताए । प्रदेश सभाको विघटन संघले नगर्ने उनले बताए ।

अहिले गण्डकी प्रदेशसभामा कुल ६० सदस्यमध्ये नेकपा ओली पक्षमा २७, प्रचण्ड–नेपाल पक्षमा १२, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सदस्य छन् ।