सेन्चुरी बैँकले एकैदिन खोल्यो सातवटा नयाँ शाखा
वि.सं.२०७७ पुस २२ बुधवार १३:०४
shares

सेन्चुरी कमर्सियल बैंकले एकैदिन सातवटा नयाँ शाखा खोलेको छ । बैंकले मंगलबार एकसाथ भर्चुअल माध्यमबाट सातवटा नयाँ शाखा उद्घाटन गरेको हो ।
बाँकेको कोहलपुर, मुस्ताङको लेते, ललितपुरको भोलढोका, भक्तपुरको सुकुलढोका तथा काठमाडौंको कपन, नरेफाट र टोखामा नयाँ शाखा विस्तार गरिएको बैँकले जनाएको छ ।
कोहलपुर शाखाको सञ्चालक समिति अध्यक्ष राजेश श्रेष्ठले, लेते शाखाको सञ्चालक समिति सदस्य डा. गीता प्रधानले, भोलढोका, बालकुमारी शाखाको सञ्चालक समिति सदस्य राजेशराज दलीले, कपन शाखाको सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्यले, नरेफाँट शाखाको सञ्चालक समिति सदस्य महेशकुमार अग्रवालले, सुकुलढोका शाखाको सञ्चालक समिति सदस्य सुनीलकुमार न्यौपानेले र टोखा शाखाको सञ्चालक समिति सदस्य उमाकुमारी श्रेष्ठले भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन गरेकाहुन् । यससँगै बैँकको शाखा सञ्जाल १२० पुगेको छ ।
चालू आवको असोज मसान्तसम्म बैँकले ८२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

























