नुवाकोटको माझगाउँमा सनराइज बैंकको शाखारहित बैंकिङ इकाइ स्थापना
वि.सं.२०७७ पुस २२ बुधवार १३:२०
shares

सनराइज बैंकले नुवाकोटको बेलकोटगढी नगरपालिका ५ माझगाउँमा शाखारहित बैंकिङ इकाइ स्थापना गरेको छ । यससँगै बैँकको शाखारहित बैंकिङ एकाइ संख्या ५८ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललाई नियुक्त गरेको छ ।
शाखा कार्यालय नभएको स्थानका बासिन्दाले शाखारहित बैंकिङ सेवाको माध्यमबाट एटीएम कार्डमार्फत कारोबार गर्न सक्ने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकले निक्षेप संकलन गर्न, रकम भुक्तानी गर्न, रकम स्थानान्तरण गर्न, बिल भुक्तानी गर्न जस्ता सेवा लिन सक्छन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुच पु‑याउन शाखारहित सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ शाखा, ५८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

























