global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे

बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे

बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे


बुटवल । पछिल्लो महिना भैरहवाको बेलहिया नाका हुँदै नेपाल भम्रण आउने पर्यटकको संख्यामा २६ प्रतिशतले वृद्धि भएको छ । स्थलनाका भैरहवाको बेलहिया हुँदै सन् २०१८ को जनवरीमा नेपाल भम्रणमा आउने बिदेशी पर्यटकको संख्या वृद्धि भएको हो ।
अध्यागमन कार्यालय बेलहिया रुपन्देहीको तथ्यांक अनुसार जनवरी महिनामा बेलहिया नाकाबाट १२ हजार ९९६ पर्यटक नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २६ प्रतिशतले वृद्धि हो । गत बर्षको जनवरी महिनामा १० हजार २७६ पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए । यो तथ्यांक भारतीय पर्यटकबाहेकको हो ।
सम्भवत जनवरीमा पर्यटक आगमन उच्च रहेको यो पहिलो पटक हो । सन् २०१३ को जनवरीमा १० हजार ७२४, सन् २०१४ को जनवरीमा ६ हजार ७७८, २०१५ को जनवरीमा ९ हजार ६३१ र २०१६ मा १० हजार १०० पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए । चालु बर्षको जनवरीमा सबैभन्दा बढी थाई पर्यटक नेपाल आएका छन् ।
कार्यालयको तथ्यांक अनुसार थाई ४ हजार ५९८, म्यान्मारका ३ हजार ५१४, दक्षिण कोरियाका २ हजार ३७, चिनका ५०८, भियतनामका २८४, अमेरिकाका २४४, ताइवानका १७४, अष्ट्रेलियाका १७४, जापानका १४१, इण्डोनेशियाका ११३ जना गरी १२६ मुलुकका पर्यटक नेपाल आएका छन् । स्थल नाका हुँदै नेपाल आउने पर्यटकको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो ।
बुद्धिष्ट मुलुक थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, चिन, जापान लगायतका मुलुकका पर्यटकको मुख्य गन्तब्य लुम्बिनी हो । अन्य युरोपियन तथा अमेरिकन मुलुकका पर्यटकमध्ये केही लुम्बिनी जाने गरेपनि धेरैजसो पर्यटक सिधै काठमाडौं, पोखरा, चितवन र मुस्ताङतर्फ जाने गर्दछन् ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु