गृहपृष्ठ चाडै पार्टी एकता गरेर सरप्राईज दिने प्रधानमन्त्री ओलीको भनाई
चाडै पार्टी एकता गरेर सरप्राईज दिने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीच चाडै एकता हुने बताए । ४५ औं शहीद स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुमवराहिमा भएको कार्यक्रममा उहाँले बाम एकता नचाहनेलाई चाडै एकता गरेर सरप्राईज दिने बताएको हो । दुबै पार्टीबीचको एकता प्रकृया अन्तिम चरणमा पुगेको भन्दै ओलीले अब मुलुक कम्युनिष्टहरुले चलाउने, पार्टी एकता पछि मुलक जनताको बहुदलीय जनबादको कार्यदिशाबाट अगाडि बढ्ने बताए ।
सरकार लोकतान्त्रिक बाटोबाट अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट सरकारले जनचाहना अनुसार काम गर्ने र बहुमतको सरकारले आफ्नो निर्णयलाई दृढताकासाथ कार्यान्वयन गर्ने भन्दैे मुल्कलाई भ्रष्टाचारमुक्त बनाउने अठोट रहेको बताए । प्रधानमन्त्री ओलीले क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठले देखाएको बाटोबाटै आज मुलुकमा गणतन्त्र आएको पनि बताए । २०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बाहनामा झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हहत्या गरेका थिए ।
प्रकाशित समय : २०:३३ बजे