global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन आज नेपाल आउँदै

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन आज नेपाल आउँदै

पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन आज नेपाल आउँदै

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै । प्रतिनिधिमण्डलको ३० सदस्यीय नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लागेको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेे भएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । उहाँको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्ने छ । यसअघि त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने भएको हो । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ ।
त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी होटल याक एण्ड यतीमा पुग्नु हुने भएको छ । उहाँको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुनुहुने कार्यक्रम छ । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ । नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा समेत प्रधानमन्त्री ओलीसँग छलफल हुने उल्लेख छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँ स्वदेश फर्कनुहुने छ । यसबीचमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तर भेटवार्ताको समय भने तय भएको छैन ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु