गृहपृष्ठ चैत ९ काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने
चैत ९ काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने भएको छ । काँग्रेस केन्द्रीय मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिए ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।
अब बस्ने बैठकले समग्र विषयवस्तुमा छलफल हुने प्रवक्ता शर्माले भने । निर्वाचनपछि पार्टीले कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताए ।
प्रकाशित समय : ११:५१ बजे