गृहपृष्ठ ६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे
६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे
![६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे ६ घण्टा लगातार कुटिरहे, गाउँले रमिता मात्र हेरिरहे](https://archive.newskarobar.com/wp-content/uploads/2018/03/radhamathi.jpg)
कैलाली । बिहीबार देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । तर, कैलालीको घोडाघाडी नगरपालिका-५ देउकलीमा भने ठिक उल्टो भयो । २० वर्षीया एक युवती ६ घन्टासम्म कुटपिटमा परिन् । भोले बाबा बताउनले सिंगो वस्तीका मानिस घेरा हालेर बाबाको ताण्डव नृत्य हेरिरहे ।
तर उनको पक्षबाट बोलि दिने कोहि थिएनन् । उनीलाई लगातार कुटिरहे ।
पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोषाधमा छिन् । चिकित्सकका अनुसार उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् ।
बिहीबार विहान ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा ९रामबहादुर चौधरी० भएको ठाउँमा पुर्याए ।
बोक्सी भन्दै राधामाथि आइलागे । उनी लगातार कुटिइन् । अस्पतालको शैयामा छपटाइरहेकी उनले भनिन्, बोक्सी झार्छु भन्दै बाबाले कुट्न थाले ।
उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके । विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् ।
राधाले आफ्नो बचाउ गर्न सकिनन् । बाबा र पार्वतीले लगातार राधामाथि कुटपिट गर्छन् । कहिले लछाप पछार गर्छन् त कहिले मुड्की बर्जाछन् ।
आफूलाई बाबा बताउने रामबहादुर उनलाई ‘बोक्सी’ प्रमाणित गर्न अनेक प्रयास गर्छन् ।
२० वर्षकी युवतीमाथि यसरी निर्घात कुटपिट भइरहँदा सिंगो गाउँले रमिते बनेर बस्छन्, एक शब्द पनि बोल्ने आँट गर्दैनन् ।
‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिन, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’
घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरेको थियो भने विरामी भनिएकी पार्वतीलाई उपचारका लागि अस्पतालतर्फ पठाएको छ ।
घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सुखडले भोले बाबालाई पक्राउ गर्योा । तर, छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुग्यो । प्रहरीले पनि राबहादुरलाई छोडिदिएको छ । घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदिएको इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्टले जानकारी दिए ।
कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् ।
घटना सार्वजनिक भएपछि चर्को विरोध भएको छ र रामबहादुर पक्राउ परेका छन् । उनीविरुद्ध पीडित युवतीका बाबुले जाहेरी दिएपछि उनी शुक्रबार पक्राउ परेको छ । सार्वजनिक अपराधको मुद्धा चलाइएको छ ।
प्रकाशित समय : १२:१५ बजे