गृहपृष्ठ विमान दुर्घटनाको कारण पत्ता लाग्न १५० दिन कुर्नुपर्ने
विमान दुर्घटनाको कारण पत्ता लाग्न १५० दिन कुर्नुपर्ने
काठमाडौं । सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन तयार गर्ने १५० दिन लाग्ने भएको छ। सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट छ ।
युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुर्घटनाको तथ्य उजागर गर्न न्युनतम पनि १५० दिन कुर्नुपर्ने स्पष्ट पारेको छ ।
‘यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले ६ सदस्ययीय आयोग गठन गरेको थियो, उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमका अनुसार आयोगको प्रतिवेदन नआएसम्म सत्य उजार नहु“ने बताएको छ । समितिले बिमान निर्माता कम्पनी बम्बाडियरसँग जहाजको अवस्था, बंगलादेशको नागरिक उड्डयन प्राधिकरणसँग पाइलटको मेडिकल रिपोर्ट लगायतका कागजागत मगाएर छानविन गर्नेछ ।
‘एयर ट्राफिक कन्ट्रोलर वा पाइलट कसको गल्ति हो रु न जहाजमा पो गडबडी थियो की त्यो पत्ता लाग्न आयोगको प्रतिवेदन कुर्नुपर्छ’, गौतमले भने ।
पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले दुर्घटनामा २२ जना जिवित्तै उद्धार गर्न सफल भएकोलाई ठुलो उपलब्धि मान्नुपर्ने बताए । प्राधिकरणले जहाज दुर्घटना भएको २ मिनेट भित्रै उद्धार टोली पुगेको बताएको छ ।
प्रकाशित समय : ०१:११ बजे