गृहपृष्ठ विद्यादेवी भण्डारी पुनः दोस्रो पटक निर्वाचित
विद्यादेवी भण्डारी पुनः दोस्रो पटक निर्वाचित

काठमाडौं । विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छिन् । आज संघिय संसदमा भएको निर्वाचनमा भण्डारीले कुमारीलक्ष्मी राईलाई पराजित गरेकी हुन् ।
संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी जम्मा ८६२ जनाले मतदान गरेका थिए । भण्डारी ५ वर्षका लागि फेरि नेपालको राष्ट्रप्रमुख बनेकी छिन् । भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११ हजार ७३० मतभार पाएकी छन् ।
प्रकाशित समय : ०१:२१ बजे