गृहपृष्ठ आजको पत्रपत्रिकाबाट
आजको पत्रपत्रिकाबाट

३० फागुन, काठमाडौं । बुधबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएको समाचारलाई नै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले कोबाट शपथ खाने भन्नेमा अन्यौल छ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ खानुपर्छ तर, प्रधान्यायाधीश गोपाल पराजुली विवादमा परेकाले विवादित व्यक्तिबाट शपथ खाने कि नखाने भन्नेमा अन्योल रहेको समाचार आजका अन्नपूर्ण र कान्तिपुर दैनिकले छापेका छन् ।
समाचारमा कान्तिपुर दैनिकले लेखेको छ (सर्वोच्च अदालतका न्यायाधीशले नै अयोग्य ठहर्या्एका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिने कि नलिने भन्नेमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई नैतिक संकट सिर्जना भएको छ ।
सत्तारुढ दलका नेता र कानुनविदहरुले विवादित व्यक्तिबाट राष्ट्रपतिले शपथ लिने अवस्था आउनु राम्रो नहुने भन्दै पराजुलीको राजीनामा वा बिदा बस्ने उपाय सुझाएका छन् ।
यही अन्नपूर्ण लेख्छ (प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘वैधता’को विषयमा सर्वोच्च आफैमा बिभाजित भएपछि नवनिर्वाचित राष्ट्रपतिलाई कसले शपथ खुवाउने भन्ने गम्भीर प्रश्न उठेको छ ।
‘प्रधानन्यायाधीशमाथि अदालतमै प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पराजुलीसँग मंगलबार बिहान बालुवाटारमा ‘ब्रेक फास्ट’ मिटिङ गर्दै पछिल्ला घटनाका सन्दर्भमा सरोकार व्यक्त गरे । पछिल्ला घटनामा निरुपण गर्ने उपायको खोजीमा पराजुली स्वयं पनि सोमबार साँझैबाट लागेका छन्,’ अन्नपूर्णले लेखेको छ ।
पराजुलीसँग अब बिदामा बस्ने, महाअभियोग सामना गर्ने र राष्ट्रपतिलाई शपथ गराउने तीनवटा विकल्प रहेको पनि समाचारमा उल्लेख छ ।
दलीय सन्तुलन राष्ट्रपतिको मुख्य चुनौति
नागरिक दैनिकले राष्ट्रपति विद्या भण्डारीका चुनौतिबारे समाचार लेखेको छ । ‘पहिलो कार्यकालको अन्तिमतिर आफ्नो पूर्वदल नेकपा एमालेप्रति बफादार रहेको भन्दै विवादरहित बन्न नसकेकी भण्डारीका लागि आगामी पाँच वर्ष सन्तुलित भूमिका निर्वाह गर्नु सबैभन्दा चुनौतिपूर्ण देखिन्छ,’ समाचारमा उल्लेख छ ।
समाचारमा थप लेखिएको छ( पहिलो कार्यकालमा दलीय मात्र होइन, पूर्वदलल एमालेभित्र पनि सन्तुलित भूमिका निर्वाह गर्न नसकेको आरोप उनीमाथि लागेको थियो । राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगेर पनि उनले एमालेको गुट सन्चालन गरेको भन्दै नेताहरुको असन्तुष्टि सार्वजनिक भएको छ । अब उनले सबै दलहरुसँग सन्तुलित भूमिका निर्वाह गरेर आफूलाई अभिभावकका रुपमा प्रस्तुत गर्नुपर्ने विश्लेषकहरुको बुझाइ छ ।
संसद पदाधिकारीको यस्तो छ तलब सुविधा
नेपाल समाचारपत्र दैनिकले संसदका पदाधिकारीको तलब र सुविधाबारेको समाचार लेखेको छ । सभामुख र राष्ट्रियसभा अध्यक्षले पारिश्रमिक बापत मासिक ६७ हजार ३ सय २० रुपैयाँ र आवास सुविधाबापत मासिक २८ हजार २ सय ७५ रुपैयाँ पाउने समाचारमा उल्लेख छ ।
प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रियसभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिले मासिक पारिश्रमिक ६० हजार ९ सय ७० र आवासबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् ।
यस्तै, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले मासिक ५७ हजार ७ सय ८० र आवास सुविधाबापत मासिक २४ हजार २ सय ६८ रुपैयाँ पाउनेछन् ।
सविधानको धारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विपक्षी दलको सचेतक र सभापति रहने प्रावधान छ ।
विमानस्थलभित्रै विमान दुर्घटनाले उब्जाएका सात प्रश्न
नयाँ पत्रिका दैनिकले युएस बंगला एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटना हुँदा उब्जिएका प्रश्नबारे समाचार लेखेको छ ।
दुर्घटनाले पाइलटको मनस्थिति, काठमाडौंको धावनमार्ग, एटिसीसँगको संवाद, जहाजको अवस्था लगायतका विषयमा प्रश्न उठेको समाचारमा उल्लेख छ । धावनमार्गमा पाइलट कति अभ्यस्त थिए रु पाइलटको शारीरिक र मानसिक अवस्था कस्तो थियो रु धावनमार्गमै केही खराबी थियो कि रु एटिसी नै अलमलमा थिए कि रु के अब इयूको कालोसूची लम्बिन्छ रु भन्नेजस्ता प्रश्न उब्जिएको समाचारमा उल्लेख छ ।
यसैगरी दुर्घटनाका बेला ड्युटीमा रहेका एटिसी अर्को शाखामा सरुवा गरिएको थियो भने १७ वर्ष पुरानो जहाज यसअघि पनि सामान्य दुर्घटनामा परेको थियो ।
जहाज निर्माता कम्पनीले पनि अनुसन्धान गर्ने
कारोबार दैनिकका अनुसार क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो ।
यस्तै, बंगलादेशका नागरिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाको जाँचबुझमा सघाउने बचन दिएका छन् ।
आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको समाचारमा उल्लेख छ ।
अनिदो बसेर पोस्टमार्टम गर्दै डाक्टर
अन्नपूर्ण पोष्ट दैनिकले युएस बंगला एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको पोष्टमार्टम डाक्टरले अनिदो बसेर गरिरहेको समाचार लेखेको छ । समाचारमा लेखिएको छ (डा. हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान २ बजेसम्म शव वरिपरि बिताए । सोमबार राति १० बजे शव अस्पताल पुर्या्एपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो । विमान दुर्घटनापछि झण्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए ।
शिक्षण अस्पताल पुर्याएइएका शवको बाह्य अवलोकन गरे । सनाखत गर्न मिल्ने खालका लक्षण केलाए । शोकाकुल परिवारझैं विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानको प्रयास गर्दै पोस्टमार्टममा संलग्न चिकित्सक पनि अनिदो बसे । डा। वस्तीले भने, ‘पाँच घण्टा पनि सुतिएको छैन । बिहान साढे आठ बजे आइहालियो ।’ हालसम्म ११ जनाको पोस्टमार्टम सकिएको समाचारमा उल्लेख छ ।
प्रदेश ५ मा फोरमले माग्यो २ मन्त्रालय
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम पनि सरकारमा जाने सम्भावना बढेको र उसले दुई मन्त्रालयमा दावी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ । फोरम संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले प्रदेश ५ मा फोरमले दुई मन्त्रालय माग गर्ने बताए ।
पाण्डेले पार्टीले केन्द्रमा एमालेसँग छलफल जारी राखेको र केन्द्रसँगै प्रदेश ५ मा पनि सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् । केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको उनले बताए ।
मन्त्रीका धेरै आकांक्षी रहेको र सबै पक्षलाई मिलाउन खोज्दा सरकार गठन भएको झन्डै एक महिनासम्म प्रदेश ५ मा सरकार विस्तार हुन सकेको छैन । ३ फागुनमा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।
पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्ने
नयाँ पत्रिका दैनिकले मृतकको पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्ने समाचार लेखेको छ । फरेन्सिक मेडिसिन विभागसँग सीमित स्रोत साधन भएकाले पोस्टमार्टम रिपोर्ट आउन ढिला हुने समाचारमा लेखिएको छ । सबै मृतकको सनाखत गर्न शव महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि राखिएको छ ।
विभागका प्रा। डा। हरिहर वस्तीले सीमित स्रोत साधानबीच काम गर्नुपर्ने भएकाले रिपोर्ट आउन केही दिन लाग्ने बताए । विभागमा भएका १३ कर्मचारीले सोमबार रातिदेखि निरन्तर पोस्टमार्टमका लागि नमूना संकलन गरिरहेको समाचारमा उल्लेख छ ।
प्रकाशित समय : १३:३५ बजे