गृहपृष्ठ रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी चितवन, असार १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालयका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। बजगाईंका अनुसार अशिम शाहले खुला मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। उनलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रूपमा हेरिएको छ। पुस्तान्तरण आन्दोलनका क्रममा सांसद पदबाट राजीनामा दिने पहिलो नेतामध्ये उनी एक रहेको बताइएको छ। शाहले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै विभिन्न पक्षबीच संवाद र समन्वयमा महत्वपूर्ण भूमिका खेलेको बजगाईंले जानकारी दिए। उनी राजनीतिसँगै चलचित्र निर्देशन, निर्माण तथा सञ्चार क्षेत्रसँग पनि आबद्ध रहेको बताइएको छ। यसैगरी, प्रधानमन्त्री शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बजगाईंले बताए। सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका विभिन्न पहलमा सक्रिय रहेको उनको भनाइ छ। ढकाल यसअघि काठमाडौँ महानगरपालिकामा सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा कार्यरत रहेको र विद्युतीय प्रशासन तथा तथ्याङ्कमा आधारित निर्णय प्रणाली विकासमा योगदान दिएको बजगाईंले बताए। पुस्तान्तरण आन्दोलनपछिको राजनीतिक पुनर्संरचना तथा सहकार्य प्रक्रियामा समेत उनले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ। यस्तै, प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको बजगाईंले जानकारी दिए। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा उनी लामो समयदेखि सक्रिय रहेको बताइएको छ। बजगाईंका अनुसार प्रकृति ढकाल हाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा कार्यरत छिन्। उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लण्डन अर्थशास्त्र तथा राजनीतिशास्त्र विद्यालय’बाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेको जनाइएको छ।
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी चितवन, असार १० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालयका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। बजगाईंका अनुसार अशिम शाहले खुला मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। उनलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रूपमा हेरिएको छ। पुस्तान्तरण आन्दोलनका क्रममा सांसद पदबाट राजीनामा दिने पहिलो नेतामध्ये उनी एक रहेको बताइएको छ। शाहले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै विभिन्न पक्षबीच संवाद र समन्वयमा महत्वपूर्ण भूमिका खेलेको बजगाईंले जानकारी दिए। उनी राजनीतिसँगै चलचित्र निर्देशन, निर्माण तथा सञ्चार क्षेत्रसँग पनि आबद्ध रहेको बताइएको छ। यसैगरी, प्रधानमन्त्री शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बजगाईंले बताए। सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका विभिन्न पहलमा सक्रिय रहेको उनको भनाइ छ। ढकाल यसअघि काठमाडौँ महानगरपालिकामा सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा कार्यरत रहेको र विद्युतीय प्रशासन तथा तथ्याङ्कमा आधारित निर्णय प्रणाली विकासमा योगदान दिएको बजगाईंले बताए। पुस्तान्तरण आन्दोलनपछिको राजनीतिक पुनर्संरचना तथा सहकार्य प्रक्रियामा समेत उनले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ। यस्तै, प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको बजगाईंले जानकारी दिए। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा उनी लामो समयदेखि सक्रिय रहेको बताइएको छ। बजगाईंका अनुसार प्रकृति ढकाल हाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा कार्यरत छिन्। उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लण्डन अर्थशास्त्र तथा राजनीतिशास्त्र विद्यालय’बाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेको जनाइएको छ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालयका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
बजगाईंका अनुसार अशिम शाहले खुला मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। उनलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रूपमा हेरिएको छ। पुस्तान्तरण आन्दोलनका क्रममा सांसद पदबाट राजीनामा दिने पहिलो नेतामध्ये उनी एक रहेको बताइएको छ।
शाहले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै विभिन्न पक्षबीच संवाद र समन्वयमा महत्वपूर्ण भूमिका खेलेको बजगाईंले जानकारी दिए। उनी राजनीतिसँगै चलचित्र निर्देशन, निर्माण तथा सञ्चार क्षेत्रसँग पनि आबद्ध रहेको बताइएको छ।
यसैगरी, प्रधानमन्त्री शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले रास्वपाको खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बजगाईंले बताए। सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका विभिन्न पहलमा सक्रिय रहेको उनको भनाइ छ।
ढकाल यसअघि काठमाडौँ महानगरपालिकामा सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा कार्यरत रहेको र विद्युतीय प्रशासन तथा तथ्याङ्कमा आधारित निर्णय प्रणाली विकासमा योगदान दिएको बजगाईंले बताए। पुस्तान्तरण आन्दोलनपछिको राजनीतिक पुनर्संरचना तथा सहकार्य प्रक्रियामा समेत उनले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ।
यस्तै, प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेको बजगाईंले जानकारी दिए। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा उनी लामो समयदेखि सक्रिय रहेको बताइएको छ।
बजगाईंका अनुसार प्रकृति ढकाल हाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा कार्यरत छिन्। उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लण्डन अर्थशास्त्र तथा राजनीतिशास्त्र विद्यालय’बाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेको जनाइएको छ।
प्रकाशित समय : ०६:०० बजे



















