काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुनैपनि स्थानमा यातायात बन्द छैन : मध्य उपत्यका बस व्यवसायी संघ

22.76K
shares
काठमाडौं । मध्य उपत्यका बस व्यवसायी संघले कोटेश्वर पूर्व लगायत कुनैपनि स्थानमा यातायात सेवा बन्द नरहेको स्पष्ट पारेको छ । संघले विज्ञप्ति जारी गर्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले गरेको आन्दोलनमा कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको हो । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मध्य उपत्यका बस व्यवसायी संघ तीन वर्षदेखि कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आबद्ध नरहेको जानकारी गराउँछौं । कोटेश्वर पूर्व समन्वय समिति र सोमा आबद्ध संघ समितिहरुले गरेको चरणबद्ध आन्दोलनको कार्यक्रममा यस संघको कुनै प्रकारको संलग्नता छैन ।
केहीदिन देखि कोटेश्वर पूर्व यातायात समन्वय समितिसँग आबद्ध संघ संस्थाहरुले मयुर यातायात प्रा.लिको कोटेश्वर पूर्व भेगको सडक ईजाजत पत्र खारेजीको माग राखी आन्दोलन गर्दै आएका छन् । यस आन्दोलनमा आफूहरुको कुनैपनि संलग्नता नरहेको संघले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।