global ime bank Long Banner Ad

गृहपृष्ठ वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

वनवासा पुलमा सवारी साधन सञ्चालनमा रोक

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा समेत पानीको बहाव बढ्दै गएको छ । प्रदेश ७ का पहाडी जिल्लामा लगातार वर्षा भएपछि कञ्चनपुर र कैलालीका अधिकांश नदी र खोलामा पानीको सतह बढ्दै गएको छ ।

महाकाली नदीमा पानीको सतह बढेसँगै नेपाल-भारत सीमास्थित वनवासा पुलमा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाएको छ । नदीमा पानीको सतह खतराको सूचकभन्दा बढी भएपछि भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । दिउँसो ३ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २४ हजार क्युसेक रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी भएमा खतरा मानिन्छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन कञ्चनपुर प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित समय : २३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु