global ime bank Long Banner Ad

गृहपृष्ठ एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

काठमाडाैं- एन आई सी एशिया बैंकले रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल कुमार जैसवालले समुद्घाटन गरे

बैंकलाई आम जनमानसले गरेका विश्वास र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११३ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु