गृहपृष्ठ सभामुख–उपसभामुख विवादमा सर्वोच्चको फैसला कुरिरहेका छौँ : बडू
सभामुख–उपसभामुख विवादमा सर्वोच्चको फैसला कुरिरहेका छौँ : बडू
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि संसदमा सरकारलाई दबाब दिएको बताएका छन् ।
सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधिन रहेकाले फैसला नआएसम्म प्रतिक्षा गर्ने पनि उनले सुनाए । आईतबार प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधिन रहेकाले सो सम्बन्धमा संसदमा छलफल गर्न नमिल्ने जानकारी गराएका थिए । सोही सम्बन्धमा संचारकर्मीसँग बडुले आफूहरु पनि अदालतको आदेशको प्रतिक्षामा रहेको बताए ।
कांग्रेसले संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुखमध्ये एक पद छोड्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दबाब दिँदै आएको छ । कांग्रेसले सबै प्रदेशको प्रदेशसभामा पनि सभामुख र उपसभामुख मध्ये एक पद आफ्नो दलले पाउनुपर्ने संवैधानिक व्यवस्था रहेको तर्क गर्दै आएको छ ।
प्रकाशित समय : २२:३० बजे


















