काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आयो ‘मिस्टर भर्जिन’ को ट्रेलर

19.05K
shares

युवाको यौन मनोविज्ञानको कथा आधारित बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

३ मिनेट १० सेकेन्ड लामो ट्रेलरलाई उपस्थित अन्य कलाकार र पत्रकारले निकै रुचाएका थिए । यसअघि नै चलचित्रको टिजर र दुई गीत ‘टुल्की’ र ’पैसा फेक तमाशा देख’ बोलको आइटम गीतले निकै राम्रो प्रतिकृया पाईसकेको छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । कार्यक्रममा निर्देशकले केही पृथक विषयमा काम गरेको र दर्शकहरु हलसम्म आउनेमा ढुक्क रहेको बताए । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ’मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।