गृहपृष्ठ कांग्रेसलाई माधव नेपालको आग्रह : ‘अधैर्य नहुनुस्’

कांग्रेसलाई माधव नेपालको आग्रह : ‘अधैर्य नहुनुस्’

कांग्रेसलाई माधव नेपालको आग्रह : ‘अधैर्य नहुनुस्’

नेकपाका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले विधिसम्मत ‘सिस्टम’ लागु गर्न कांग्रेस सरकारले विगतमा गरेका निर्णयलाई बर्तमान सरकारले खारेज गरेको बताएका छन् । विराटनगर बिमानस्थलमा शुक्रबार पत्रकाहरुसँग कुरा गर्दै नेता नेपालले भदौ १४ पछी तत्कालिन सरकारले गरेको निर्णयहरु खारेज गर्ने वर्तमान सरकारको निर्णयले देशमा सिस्टम लागु हुने भएकाले यस विषयलाई विवाद वनाउन नहुुने बताए ।

उनले कांग्रेस सरकारले गरेका निर्णयहरु सहमति र सहकार्यमा नभएकाले निर्णय खारेज हुँदा समस्या नआउने उल्लेख गरे । उनले मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अधैर्य नहुन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे । स्वास्थ्य समस्याको बिषयमा अनसन बसिरहेका डा. गोविन्द केसीको भूमिका रहस्यपूर्ण भएको भन्दै माग पुरा गर्न गाह्रो हुने बताए ।

नेता नेपालले डा. केसीको नियत मनमोहन नामका संस्था बन्द गराउने र विद्यार्थीहरुलाई विदेश पठाउने देखिएको बताए । उनले डा. केसीलाई अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न वार्तामा आउनसमेत आग्रह गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारीकरण रोक्नुपर्ने र बिस्तारै सरकारले दायीत्व लिदै जानुपर्नेमा नेता नेपालले जोड दिए ।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु