गृहपृष्ठ मुस्ताङ दुर्घटनाका मृतककाे संख्या १५ पुग्याे
मुस्ताङ दुर्घटनाका मृतककाे संख्या १५ पुग्याे
शुक्रबार मुस्ताङमा भएकाे ट्रिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ । उपल्लाे मुस्ताङमा भएकाे उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् ।
मुस्ताङको दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने स्याङबाेचे भन्ने ठाउँमा ट्रिपर सडकबाट खसेको हो । सडक निर्माणमा खटिएका मजदुर खाना खाएर काममा फर्किने क्रममा दुुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मृत्यु हुनेमा ११ जना पुरुष र ४ जना महिला रहेका छन । अन्य घाइते १३ जनाको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।
प्रकाशित समय : २१:५७ बजे


















