काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपराष्ट्रपति कप महिला फुटबलको उपाधि भिडन्त आज

15.9K
shares

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिडदै छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ ।

समान तीन/तीन खेल खेलका दुवै टिम अपराजित छन् । अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ । उपाधि विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ । प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई ५० हजार उपलब्ध गराएको थियो ।
(रासस)