global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानसेनापति भारत प्रस्थान

प्रधानसेनापति भारत प्रस्थान

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतीय सेनाध्यक्ष जनसल वीपिन रावतको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा लागि प्रस्थान गरेका छन् । बुधबार प्रधानसेनापति क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका हुन् ।

६ दिने भ्रमणका क्रममा भारत प्रस्थान गरेका क्षेत्रीले भारतीय रक्षा मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्षसहित उच्चपदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । जेठ २८ जेत स्वदेश फिर्ता हुने प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने जनाइएको छ ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु