काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा नक्कली औषधिको कारोबार बढ्दो, तीन पक्राउ

13.5K
shares

मोरङमा पछिल्लो समय नक्कली औषधीको कारोबार बढेको छ । नक्कली औषधिको कारोबार गरेको आरोपमा प्रहरीले तीन जना व्यवसायीलाई पक्राउ गरेपछि विराटनगरमा नक्कली औषधीको कारोबार हुने गरेको पाइएको हो ।

मोरङ प्रहरीले आइतबार मध्यरातमा औषधि पसलमा छापा मारेर ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा औषधि बिक्रेता धरान–४ काजीवन अग्रवाल, विराटनगर–१० का दीपककुमार राय र सप्तरी महुली–५ का प्रशान्तकुमार चौधरी रहेका छन् । आइतबार दिउँसो प्रहरीले अग्रवाललाई पक्राउ गरेपछि विराटनगरसहित अन्य क्षेत्रमा नक्कली औषधि कारोबार हुने गरेको रहस्य खुलेको थियो । त्यसपछि प्रहरीले विराटनगरका औषधि पसलमा छापा मारेको हो ।

प्रहरीले न्यूरो अस्पतालभित्र सञ्चालित लाइफ सर्पोट फार्मेसी, विराट मेडिकल कलेजमा सञ्चालित विराट फार्मेसी, म्याक्स अस्पतालमा सञ्चालित म्याक्स फार्मेसी, गोल्डेन अस्पतालमा सञ्चालित गोल्डेन फार्मेसी र विराट नर्सिङहोममा सञ्चालित फार्मेसीमा छापा मारेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

छापा मार्ने क्रममा बरामद भएका औषधिसहित प्रहरीले तीनै जनालाई थप अनुसन्धानका लागि औषधि ब्यवस्था विभागमा पठाउने जनाइएको छ । उनीहरुलाई आइतबार पक्राउ गरे पनि प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।