global ime bank Long Banner Ad

गृहपृष्ठ पार्क मासेर बुटवल उपमहानगर भवन

पार्क मासेर बुटवल उपमहानगर भवन

पार्क मासेर बुटवल उपमहानगर भवन

बुटवल उपमहानगरपालिकाले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलकै हातबाट तिलोत्तमा पार्क मासेर कार्यालय भवन निर्माण सुरु गरेको छ ।

मुलुकमा गणतन्त्र आएसँगै तत्कालीन शाही सरकारले निर्माण गरेको ‘महेन्द्र पार्क’को नाम परिर्वतन गरी तिलोत्तमा पार्क राखिएको थियो । हाल बुटवल उपमहानगरपालिकाको दायाँपट्टि रहेको सो पार्क मासेर बुटवल उपमहानगरले भवन बनाउन सुरु गरेको हो ।

पार्क मासेर भवन बनाउन नहुने भन्दै पटक–पटक विरोध भए पनि बिहीबार पूर्वअर्थमन्त्री एवं नेकपाका केन्द्रीय महासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का संसाद पौडेलले शिलान्यास गरेका छन् । बुटवल उपमहानगर कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा शाही शैलीमै तामझामका साथ बाजागाजा बजाएर भवन शिलान्यास गरिएको छ । प्रमुख प्रशासनिकसहित ६ वटा ब्लकमा भवन निर्माण गर्ने गरी गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिए ।

शुक्रबार शिलान्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले जानकारी गराए । निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यु बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले बताए । भवनको अन्डरग्राउन्डमा एक सय ६ वटा मोटरसाइकल र ३५ वटा कार पार्किङ गर्न मिल्नेछ ।

भवन शिलान्यास कार्यक्रममा प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य लीला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद वामदेव क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले तोकेको समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय : ०४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु