global ime bank Long Banner Ad

गृहपृष्ठ नाइजेरिया र स्वीजरल्याण्डको रोचक जित, अब के हुन्छ ?

नाइजेरिया र स्वीजरल्याण्डको रोचक जित, अब के हुन्छ ?

नाइजेरिया र स्वीजरल्याण्डको रोचक जित, अब के हुन्छ ?

विश्वकप फुटबलमा गएराति भएको खेलमा नाइजेरिया र सर्बियाले जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेका छन् । यसअघि बराबरी खेलेको स्वीजरल्याण्ड र पराजित नाइजेरियाले नकआउट चरणको सम्भावना जोगाएका हुन् ।

शुक्रबार राति पौने ९ बजे भएको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २–० ले स्तब्ध पार्यो । भोल्गोग्राड स्टेडिय नाइजेरियाको जितमा अहमेद मुसा नायक बने । मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा मुसाले दोस्रो गोल गर्दै नाइजेरियालाई २–० को अग्रता दिलाएका हुन् ।

आइसल्याण्डले पेनाल्टीमा गोल गर्ने अवसर गुमायो । खेलको ८३ औं मिनेटमा गिल्फी सिगार्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् । ८६ औँ मिनेटमा नाइजेरियाका इबुईले आइसल्याण्डका अल्फ्रेडलाई लडाएपछि पाएको पेनाल्टीको अवसरलाई गिल्फी सिगार्डसनले खेर फाले । जितसँगै समूह डी मा नाइजेरिया २ खेलबाट ३ अंक जोड्न सफल भएको छ । अब उसले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्नेछ ।

शुक्रबार राति पौने १२ बजे भएको अर्को खेलमा सर्बियालाई २–१ ले हराउँदै स्वीजरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना जोगाएको छ । पहिलो हाफमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै स्वीजरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ ।

जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीजरल्यान्ड पहिलो टोली बनेको छ । ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको खेलमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । झाकाले टाढाबाट गोल गरेका थिए भने सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । स्वीट्रल्यान्डको जिपछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ । यसअघि ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु