गृहपृष्ठ विश्वकपमा आजका खेल, डिफेन्डिङ च्याम्पियन जर्मनीमाथि ठूलो दबाब
विश्वकपमा आजका खेल, डिफेन्डिङ च्याम्पियन जर्मनीमाथि ठूलो दबाब
विश्वकप फुटबलमा आज राति पनि तीन खेल हुनेछन् । आज समूह ‘एफ’अन्तर्गत दुई तथा समूह ‘जी’अन्तर्गत एक खेल हुने तालिका छ ।
पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ६ बजे बेल्जियम र टुनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।
स्पार्टक स्टेडियममा बेल्जियम लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रने छने भने आफ्नो पहिलो खेलमा राजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

समूह जीमा बेल्जियम र इंग्ल्यान्ड समान ३–३ अंक लिएर बसेका छन् भने ट्युनिसिया र पानामासँग अंक छैन ।
आजै राति पौने ९ बजे समूह ’एफ’ का दक्षिण कोरिया र मेक्सिको भिड्ने छन् । रोस्तोभ एरेनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहँदा मेक्सिको दोस्रो जितका साथ मैदान उत्रिनेछ । समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक विहीन रहँदै पुछारमा छ ।
आज राति पौने १२ बजे हुने समूह ’एफ’अन्तर्गतको दोस्रो खेलमा जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ । फिष्ट ओलम्पिकमा जर्मनी पनि पहिलो जितको खोजीमा हुने छ । यसअघि नै एक खेलमा बाजी मारिसकेको फेरि अर्को जित दर्ता गराउन चाहान्छ ।
प्रकाशित समय : १३:४४ बजे



















