कक्षा १२ को नतिजा सार्वजनिक आज
वि.सं.२०७५ साउन १६ बुधवार १३:४९
shares

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दैछ । मंगलबार नै नतिजा प्रकाशन गर्ने तयारी गरे पनि तयारी नसकिएकाले आज सार्वजनिक गर्न लागेको हो ।
यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए । यसअघि पहिलो चरणमा विज्ञानको मात्रै सार्वजनिक गर्ने गरेको बोर्डले यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको छ । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।

























