मेक्सिकोमा १ सय १ जना यात्रु सवार विमान दुर्घटना, ८५ यात्रु घाइते
वि.सं.२०७५ साउन १६ बुधवार १३:३७
shares

मेक्सिकोमा विमान दुर्घटान भएको छ । ९७ यात्रु र चालक दलका ४ सदस्य सवार रहेको विमान दुर्घटनामा परेको हो । मेक्सिकोकोे भिक्टोरिया विमानस्थलबाट मेक्सिको सिटीका लागि उडेको एम २४३१ विमान दुर्घटनामा परेको बिबिसिले जनाएको छ ।
विमान उडेको पाच मिनेटमै विमानस्थलबाट १० किलोमिटरको दुरीमा दुर्घटना भएको हो । दुर्घटनााम मानविय क्षति नभए पनि ८५ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ३७ जनालाई उपचारको लागि हस्पिटल पु¥याइएको छ ।खराम मौसमका कारण बिमान दुर्घटनामा परेको अनुमान गरिएको छ ।

























